Section 33
सांस्कृतिक अधिकार तथा मनोरञ्जन
नेपाल सरकार तथा स्थानीय तहले अपाङ्गता भएका व्यक्तिको सांस्कृतिक अधिकारको सम्मान गर्न तथा निजलाई मनोरञ्जन सम्बन्धी क्रियाकलापमा अन्य व्यक्ति सरह सहभागी हुने अवसरको सिर्जनाका लागि देहायको व्यवस्था गर्नेछः–
(क) अपाङ्गता भएका व्यक्तिमा रहेको सीप, कला, प्रतिभा तथा साहित्यप्रतिको रुचीको सम्मान र विकासका लागि आवश्यक छात्रवृत्ति, सुविधा तथा सहयोग उपलब्ध गराउने,
(ख) सेवा सुविधा तथा पूर्वाधारलाई अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त बनाउन आवश्यक प्रविधि तथा कलाको विकास गर्ने,
(ग) अपाङ्गता भएका व्यक्तिलाई सेवा उपलब्ध गराउने मनोरञ्जन केन्द्र तथा संघसंस्थालाई सहयोग गर्ने,
(घ) अपाङ्गता भएका व्यक्तिलाई अतिरिक्त क्रियाकलापमा भाग लिन प्रोत्साहन गर्ने,
(ङ) तोकिए बमोजिमका अन्य कार्य गर्ने, गराउने ।